कीवर्डहरू -

एप्पल, फेसबुक र डिस्कर्डले नै दिए ह्याकरलाई प्रयोगकर्ताको डेटा

एप्पल, फेसबुक र डिस्कर्डले नै दिए ह्याकरलाई प्रयोगकर्ताको डेटा

एप्पल, फेसबुक र डिस्कर्डले ह्याकरहरुलाई प्रयोगकर्ताको डेटा पठाएका छन् । ब्लुमबर्गको रिपोर्ट अनुसार कानून कार्यान्वयन गर्ने अधिकारीहरुले पठाएको सक्कली ईमेललाई ह्याकरहरुले बिगारेर प्रयोगकर्ताहरुको निजी डेटा चोरी गरेका छन् ।

अमेरिकाको कानून कार्यान्वयन गर्ने अधिकारीहरुले प्रयोगकर्ताको डेटा माग्न फेसबुक, एप्पल र डिस्कर्डलाई ईमेल गरेका थिए तर उक्त ईमेल ह्याकरहरुले पहिले नै बिगारेका  कारण  फेसबुक, एप्पल र डिस्कर्डले इमेलको जवाफ पठाउँदा ह्याकरहरुलाई डेटा गएको हो ।

एप्पल र फेसबुकले दिएको प्रयोगकर्ताको डेटामा प्रयोगकर्ताको सब्सक्राइबरको विवरण, ठेगाना, फोन नम्बर र आईपी एड्रेस जस्ता जानकारी रहेका छन् ।

ह्याकरहरुले स्नापच्याटलाई पनि लक्षित गरेर नक्कली ईमेल पठाएका थिए तर स्नापच्याटले विवरण दिएको की छैन् भन्ने बारे कुनै पनि जानकारी रहेको छैन् ।

त्यस्तै क्रेब्सनसेक्युरिटीका अनुसार डिस्कर्डले पनि डेटा ह्याकरलाई दिएको छ । उक्त दिएको डेटामा डिस्कर्ड अकाउन्टहरुको इन्टरनेट एड्रेस हिस्ट्री समावेश छ ।

ल इन्फोर्समेन्टले पहिले पनि कुनै पनि अकस्मात परिस्थितिमा प्रयोगकर्ताको डेटा मागिरहेको हुन्छ, जसकारण यी सामाजिक सञ्जाल जायन्टहरुले यो पटक पनि खासै याद नगरेर ईमेल पठाएका थिए तर ह्याकरले सो ईमेल पहिले नै बिगारेकाले प्रयोगकर्ताको डेटा सबै ह्याकरकोमा पुगेको हो ।

यो ह्याक पनि ल्यापससले नै गरेको अनुमान गरिएको छ । हालैमा ल्यापससले सामसङ, माईक्रोसफ्ट र ओक्टा जस्ता कम्पनीहरुलाई ह्याक गरेको थियो ।