साओमीको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक भएको छ । आफ्नो १२ औँ वार्षिकोत्सव भन्दा केही दिन अघि साओमीले रेडमी टेन फाइभजी सार्वजनिक भएको हो ।
रेडमी टेन फाइभजी फोनको मूल्य १९९ अमेरिकी डलर तोकिएको छ । यो अहिलेसम्मकै सबैभन्दा सस्तो फाइभजी फोन हो ।
तुलना गर्नुपर्दा वान प्लस नर्ड २०० फाइभजीको २४० डलर पर्ने गर्दछ र सामसङको पछिल्लो सार्वजनिक भएको ग्यालेक्सी ए १३ फाइभजीको २५० डलर पर्ने गर्दछ ।
यो स्मार्टफोनलाई अक्टा कोर मिडियाटेक डाइमेन्सीटी ७०० प्रोसेसरले पावर गरिएको छ । यो एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्ने गर्दछ । यो फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ ।
फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा रहेको छ । त्योसँगै २ मेगापिक्सेलको डेप्थ क्यामेरा पनि रहेको छ । मोबाइलमा ५ मेगापिक्सेलको डट ड्रप सेल्फी क्यामेरा पनि रहेको छ । फोन ग्रेफाईट ग्रे, क्रोम सिल्भर र अरोरा ग्रीन रगंमा उपलब्ध हुनेछ ।