कीवर्डहरू -

नेपाल टेलिभिजनका चारवटै च्यानल एचडी प्रसारणमा सुरु

नेपाल टेलिभिजनका चारवटै च्यानल एचडी प्रसारणमा सुरु

काठमाडौ । नेपाल टेलिभिजनले आफ्नो प्रसारण एचडीमा सुरु गरेको छ। नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्यूज र एनटिभी कोहलपुर बिहीबारदेखि एकै पटक एचडी प्रविधिमा रुपान्तरण भएको हुन। विकासका लागि सञ्चारको नाराका साथ वि सं २०४१ सालमा नेपाली टेलिभिजनको इतिहासमै पहिलो टेलिभिजन  नेपाल टेलिभिजन स्थापना भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ बार्षिक उत्सव र एचडी प्रविधि आरम्भ गर्दै प्रधानमन्त्री केपी ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताउनुभयो । उहाँले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनिसकेको र अरु पनि बन्ने जानकारी दिनुभयो ।

उहाँले नेपाल टेलिभिजन स्थापना हुँदा आफू पञ्चायतविरोधी आन्दोलनका क्रममा पोखरा कारागारमा रहेको स्मरण गर्दै उहाँले टेलिभिजनको सुरुवात सँगै नेपालमा परिवर्तन र जागरणको युग सुभारम्भ भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजनीतिक कार्यकर्ता बनेर सरकारी संचार माध्यममा  गडबडी गर्ने हरुलाई सरकारले नसहने बताएका छन ।मन्त्री बास्कोटाले टेलिभिजनलाई राजनीतिक कार्यकर्ता नचाहिएको बताएका छन। अबको केहि समयमा नेपाल टेलिभिजन सार्वजनिक प्रसारण सेवा र पीएसबिमा पनि गएरै छाडने  बताए ।

मन्त्री बास्कोटाले भने - टेलिभिजन यस अगाडी नै एचडी प्रसारणमा जानुपर्ने हो। तर जान नदिने तत्व पनि यहाँ छन।नेपाल टेलिभिजन निजी क्षेत्रसंग प्रतिस्पर्धि होइन , पहिलो नै हुनुपर्छ। पीएसबि मा गएपछी नेपाल टेलिभिजन लाई जित्ने कुनै सस्था हुने छैनन।नेपाल टेलिभिजनका पत्रकार र व्यस्थापकलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भने "सरकारको सेवा गर्नुपर्दैन तर रास्ट्र र सस्था को हित हेर्नुहोस व्यक्तिलाई ल्याएर मानमर्दन गर्ने, चोरचार गर्ने र आफ्नो राजनीतिक अभिस्ट पुरा गर्ने अखडा नेपाल टेलिभिजनल हुन सक्दैन।चारतारे र लालतारे बनेर आउनेलाई फरक तरीकाले हेरिन्छ टेलिभिजन मार्फत देशको सेवा गर्ने सोच राखेर आउनेलाई स्वागत छ।  सरकारको आलोचना गर्न छुट छ तर समाचार बंग्याउन पाईदैन उनले भने । उनले विज्ञापन दाताहरुलाई ढुक्क भएर नेपाल टेलिभिजनलाई विज्ञापन दिन आग्रह गरे।