कीवर्डहरू -

रियलमी फोन बेच्ने पसलेले जिते प्रोटोन सागा कार

रियलमी फोन बेच्ने पसलेले जिते प्रोटोन सागा कार

रियलमीले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरूको घोषणा गरेको छ । यो स्किम नेपालभरी रहेका १००० भन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरुबीच १०० दिन चलेको थियो ।

विजेताहरूलाई विभिन्न आकर्षक उपहारहरू चैत्र ९ का दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । सेप्टेम्बर २१, २०२१ देखि चलेको यो स्किम डिसेम्बर २१, २०२१ मा अन्त्य भएको थियो ।

सबै विजेता रिटेलरहरुलाई उक्त कार्यक्रममा उपहारहरू वितरण गरिएको छ । ए२जेड अटोमोबाइल्स, नारायणघाटले प्रोटोन सागा कार जितेको छ ।

रियलमी नेपाल प्रमुख मुनिस गिरी, बिक्री निर्देशक दीपक नाक्रा, शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाटिया,  र शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो ।

रियलमी नेपालमा लन्च भएसँगै यो स्किम सबै वितरण च्यानलहरूको लागि खुला गरिएको थियो । यो स्किम लन्च हुँदा रियलमीको चारवटा स्मार्टफोनहरु मात्र नेपाली बजारमा ​रियलमी सी२१, रियलमी सी२०, रियलमी सी११ २०२१, र रियलमी ८ उपलब्ध थिए  ।

पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए ।