कीवर्डहरू -

लाइटनिङ पोर्ट प्रयोग गरेर विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण

लाइटनिङ पोर्ट प्रयोग गरेर विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण

एक इन्जिनियरले लाइटनिङ पोर्ट विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण गरेका छन् । सन् २०२१ मा इन्जिनियर केन पिल्लोनेलले टाइप सी पोर्ट प्रयोग गरेर आईफोन बनाएपछि एप्पलले अस्वीकार गरेको थियो ।

उनले यूएसबी सी पोर्टबाट चल्ने पहिलो आइफोनको निर्माण गरेका थिए । पिल्लोनेललेनै अब लाइटनिङ पोर्ट भएको एन्ड्रोइड फोन निर्माण गरेका छन् । यो उनले निर्माण गर्दा एक रमाइलो प्रोजेक्टको रुपमा मात्रै लिएको तर अब यसले यूएसबी सीको ठाउँ लिन सक्ने बताएका छन् ।

लाइटनिङ पोर्ट दुवै डेटा ट्रान्सफर र चार्जिङका लागि प्रयोग गर्न सकिन्छ । उनले सुरुमा यसलाई अप्रिल फूलको जोकको रुपमा बताउने सोचेका थिए तर सफलता पाएपछि अब यसले एक प्रोजेक्टकै रुप लिएको छ ।