कीवर्डहरू -

नयाँ प्रबिधिमा आधारित टेलिभिजन प्रशारण कम्पनि ‘कन्चन’को सुरुवात 

नयाँ प्रबिधिमा आधारित टेलिभिजन प्रशारण कम्पनि ‘कन्चन’को सुरुवात 

अत्याधुनिक डिजिटल प्रविधिमा आधारित रहेर स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालनमा आएको छ। २ बर्षदेखि सुदुरपश्चिम क्षेत्रबाट परिक्षण गरिएको यो प्रबिधि अब काठमाडौँ क्षेत्रमा लक्षित गरेर संचालनमा ल्याइएको छ । 


कञ्चन स्काई टेलिभिजनले विभिन्न बहुराष्ट्रिय कम्पनीहरुसँगको लामो छलफलपछि नेपाल सरकारको मल्टी च्यानल मल्टी पोइन्ट डिस्ट्रिव्युसन सिस्टम ९एमएमडीएस० प्रविधिमा आधारित रहेर टेलिभिजन सञ्चालनमा ल्याएको जनाएको छ। 


विना तार टिभी हेर्न सकिने प्रविधियुक्त कञ्चन स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालनमा आएको हो।  शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त टेलिभिजनको बारेमा जानकारी दिइएको हो।

टेलिभिजन प्रशारणमा अहिले सम्मको नया प्रबिधि तर मासिक मूल्यमा बहने सस्तो भएको कम्पनीले जनाएको छ । अहिले बिशेष छुट सहित कम्पनीले १५०० एकमुस्ट रकम तिर्दा नेपाली च्यानलको लागि भने हरेक महिना रिचार्ज गर्नु पर्दैन । यसले गर्दा मासिक रुपमा रिचार्ज गर्न नसक्ने नेपालीको लागि यो प्याकेज लाभदायक रहेको छ ।

नेपालजस्तो भौगोलिक विकटता रहेको देशमा एक ठाउँबाट अर्को ठाउँसम्म तारसहितको टेलिभिजन लैजान सम्भव नभएको र त्यसले धेरै क्षेत्रलाई समेटन गार्‌हो भएका कारण यसखाले प्रविधियुक्त टेलिभिज सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक सुभम अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए।


डीस होम, प्रभु टिभी पश्चात सुरु भएको सेटेलाइट प्रबिधिमा आधारित टेलिभिजन प्रशारण कन्चनले ३० ओटा नेपाली च्यानलको लागि हरेक महिना रिचार्ज गर्नु नपर्ने बताइएको छ ।


घर–घरमा  सूचनाको पहुँच पु¥याउने उद्देश्य र संकल्पका साथ वायरलेस टीभीमार्फत् विभिन्न स्थानमा टावर स्थापनागरी १६० माथिका एसडी, एचडी र फोरके प्रविधिको गुणस्तरीय वारलेस टीभी सेवाका साथै स्थानीय रुपमा 
हाल भू–उपग्रहमार्फत प्रशारणमा रहेका नेपाली टेलिभिजनहरु र स्थानीय टेलिभिजन गरी ३० निशुल्क र  १३० गरी कुल १६० च्यानलसहितको सेवा टेलिभिजनले न्यूनतम शुल्कमा उपलब्ध गराउने जनाएको छ। भविष्यमा कम्पनीले देशभरि नै सेवा विस्तार गर्ने र लक्ष्य लिएको छ।