कीवर्डहरू -

‘तुलना’ गरेर अनलाइनबाटै बीमा पोलिसी खरिद गर्न सकिने ‘ईबीमा’, केही घण्टामै क्लेम सेटलमेन्ट 

‘तुलना’ गरेर अनलाइनबाटै बीमा पोलिसी खरिद गर्न सकिने ‘ईबीमा’, केही घण्टामै क्लेम सेटलमेन्ट 

प्रविधिको तीब्र विकाससँगै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र डिजिटल हुँदै गइरहेका छन् । कोरोना महामारी पछि प्रविधिमैत्री सेवामा झन व्यापकता आएको छ ।

पछिल्लो समय बीमा क्षेत्र पनि प्रविधिमैत्री हुँदै गइरहेको छ । बीमाको प्रिमियम तिर्नेदेखि खरिद गर्नेसम्मका काम अनलाइनबाटै भइरहेका छन् । बीमा क्षेत्रलाई डिजिटल बनाउने अभियानमा ईबीमा डटकम पनि सक्रियरूपमा लागि परेको छ ।

बीमा क्षेत्रलाई डिजिटल बनाउने उद्देश्यले ईबीमा सन् २०१५ मा स्थापना भएको थियो । ईबीमा डटकम नेपालको पहिलो अनलाइन इन्स्योरेन्स पोर्टल हो ।

ईबीमा डटकमबाट इन्स्योरेन्स पोलिसी तुलना गरेर इन्स्योरेन्स पोलिसी खरिद गर्न सकिन्छ । ईबीमा आवद्ध भएर नेपालका सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीले आफ्नो पोलिसी बेच्न सक्छन् ।

हाल ईबीमामा मेट लाइफ, आईएमई लाइफ, एलआईसी नेपाल, नेपाल लाईफ, नेसनल लाइफ, ज्योति लाईफ, आईएमई जनरल, सिद्धार्थ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतका कम्पनी आवद्ध भएका छन् ।

ईबीमा आफु सुचित भएर बीमा किन्न सकिने प्लेटफर्म भएको ईबीमाका सह-संस्थापक तथा प्रबन्ध निर्देशक रोशन प्रसाद ज्ञवालीले बताए ।

\"\"

प्रबन्ध निर्देशक ज्ञवाली


सन् २०१५ मा ईबीमा स्थापना भएपनि यसका सुरूवाती दिन भने सन्तोषजनक रहेनन् । लाइसेन्सदेखि जनशक्तिको समस्या कम्पनीले फेस गर्‍यो । तर पनि बीमा क्षेत्रमै केही गर्ने दृढ अठोटका साथ सुरू भएको ईबीमा विभिन्न चुनौतीलाई पन्छाउँदै आजको दिनसम्म आइपुगेको छ ।

‘बीमा क्षेत्रलाई डिजिटल बनाउने हाम्रो सपना छ । त्यो सपना साकार पार्न देखिएका चुनौतीसँग लड्दै यहाँसम्म आईपुगेका छौं,’ ज्ञवालीले आइसिटी समाचारसँग भने, ‘त्यसको प्रतिफल स्वरूप आजको दिनमा ईबीमाले वार्षिक बीमितबाट करोडौंको प्रिमियम उठाउँदै आएको छ भने हजारौंलाई सेवा दिएको छ ।’

ईबीमाले सन् २०२० मा बीमा समितिबाट लाइसेन्स पाएको थियो । ईबीमाको मुख्य विशेषता भनेको ‘तुलना’ हो । यसमा विभिन्न कम्पनीका इन्स्योरेन्स पोलिसी तुलना गरेर खरिद गर्न सकिन्छ ।

\"\"

ईबीमाबाट प्रिमियम कति पर्छ, कुन कम्पनीको हो, कुनमा धेरै बोनस पाइन्छ, क्लेम सेटलमेन्ट लगायतका कुरा थाहा पाउन सकिन्छ । ईबीमामा रेटिङ पनि हेर्न सकिन्छ ।

ईबीमामा बीमा कम्पनीले ल्याएका प्लानको तुलनात्मक अध्ययन गरेर आफुलाई आवश्यक भएको प्लान खरिद गर्न सकिने उनी बताउँछन् ।

ईबीमाबाट बीमा लेख खरिद गर्ने ग्राहकलाई कम्पनीले फाराम भर्नेदेखि अन्य आवश्यक सहयोग गर्ने गर्दछ । ईबीमाबाट बीमा खरिद गरेपछि प्रयोगकर्ताका लागि छुट्टै ड्यासबोर्ड उपलब्ध हुनेछ । उक्त ड्यासबोर्डमा आफ्नो बीमाको सम्पूर्ण जानकारी पाइन्छ । ईबीमाले बीमा साक्षरतामा पनि काम गरिरहेको छ ।

देशैभर बीमा साक्षरतालाई फैलाउन कम्पनीले काम गरिरहेको ज्ञवालीको भनाइ छ । ‘हामी देशैभर बीमा साक्षरता फैलाउन लागिरहका छौं । त्यस अनुसार विभिन्न संस्थासँग सहकार्य गर्नेदेखि आफै पनि बीमा साक्षरता सम्बन्धि कार्यक्रम आयोजना गर्ने योजनामा छौं,’ उनले भने ।

यदी कसैलाई बीमा बारे बुझ्नु परेमा कम्पनीले पर्सनलाइज्ड मान्छे पनि घरमै पठाउने गरेको छ । कम्पनीले बीमा बारे बुझ्न चाहने मान्छेलाई कार्यालयमा बोलाएर पनि परामर्श दिइरहेको हुन्छ ।

बीमा समितिबाट अभिकर्ताको लाइसेन्स पाएका एजेन्टहरु पनि ई-बीमामा आबद्ध हुन सक्नेछन् । आवद्ध भएपछि सबै जीवन बीमा कम्पनीको बीमालेख बिक्री गर्न पाउने सुविधा ई-बीमाले उपलब्ध गराएको छ ।

ईबीमामा एजेन्टलाई छुट्टै ड्यासबोर्ड उपलब्ध गराइन्छ, जहाँ उनीहरूले बिक्री गरेको बीमा लेखको बारेमा सबै जानकारी पाउँछन् ।

अहिले बीमा पोलिसी खरिद गरेपछि दावी भुक्तानीका लागि धेरै दिनसम्म बीमा कम्पनीमा धाउनुपर्ने अवस्था छ । दावी भुक्तानीका लागि अनेकौं झन्झट छन् । यही समस्यालाई समाधान गर्न ईबीमाले दावी भुक्तानीको सेवा ल्याउने जनाएको छ ।

ईबीमामा छिट्टै क्लेम सेटलमेन्टको सुविधा पनि उपलब्ध हुने प्रबन्ध निर्देशक ज्ञवालीले बताए । उनका अनुसार यो सेवा उपलब्ध भएपछि ईबीमाबाट केही घण्टामै दावी भुक्तानी गर्न सकिने छ ।

\"\"

ईबीमाले हाल इटहरीमा आफ्नो शाखा कार्यालय खोलेको छ भने बुटवल र पोखरामा खोल्ने तयारी गरेको छ । अबका दिनमा आक्रामक रूपमा बजारमा जाने कम्पनीको योजना छ । ईबीमामा हाल ३५ जनाले रोजगारी पाएका छन् ।

ईबीमाको सेवा अहिले वेबसाइटबाट लिन सकिन्छ । अबको केही समयमै कम्पनीले ईबीमाको मोबाइल एप पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।