कीवर्डहरू -

ओप्पोको ईन्टेलिजेन्ट एसिस्टेन्ट ‘ब्रिनो’ सार्वजनिक

ओप्पोको ईन्टेलिजेन्ट एसिस्टेन्ट ‘ब्रिनो’ सार्वजनिक

चिन । ओप्पोले आधिकारिक रुपमा विकसित ईन्टेलिजेन्ट एसिस्टेन्ट ‘ब्रिनो’ सार्वजनिक गरेको छ । यसमा सम्वेदना, निर्णय लिने तथा सिक्ने क्षमताको सम्मिश्रण रहेको छ । प्रयोगकर्तालाई प्राकृतिक मल्टिमोडल अन्तरक्रिया मार्फत व्यक्तिगत ईन्टेलिजेन्ट सर्भिस दिने सोचका साथ यसलाई निर्माण गरीएको हो ।

यसले ओप्पोको हार्डवेयर, सफ्टवेयर र सर्भिस प्ल्याटफर्म बिच समन्वय गरी प्रणालीगत अन्तरक्रिया गर्न मिल्ने प्राविधिक फ्रेमवर्कको निर्माण गर्दछ । सेन्सिङ प्रविधिको प्राकृतिक मल्टिमोडल अन्तरक्रियासंगको समन्वयले ब्रिनोलाई प्रयोगकर्ताका आवश्यकता सहजै बुझ्न सक्ने बनाउन प्रयास गरिएको छ । प्राकृतिक भाषा बुझ्न सक्ने क्षमता, नलेज ग्राफ, कन्टेक्स्ट कम्प्युटिङ र ब्यक्तिगत सिफारिश जस्ता क्षमता सहितको प्रविधिले ब्रिनोलाई अझ सुक्ष्म रुपमा विश्व बुझ्ने क्षमता प्रदान गर्छ ।

ब्रिनोका साथै कम्पनीले बेईजिङमा आयोजित ओप्पो डेभलपर्स कन्फरेन्स २०१८, सम्मेलन मार्फत ग्राभिटी प्लानको पनि घोषणा गरेको छ । यस योजनाको उद्देश्य एक बिलियन आरएमबी लगानीका साथ डेभलपर्सको सशक्तिकरण मार्फत ग्लोबल पार्टनर्स र डेभलपर्ससँग सहकार्य गर्दै ईन्टेलिजेन्ट सर्भिस ईकोलोजीको निर्माण गर्नु रहेको छ । सम्मेलन मार्फत ओपोले स्मार्टफोन उद्योगमा आफ्नो भविष्यको विज्ञान र प्राविधिक ट्रेण्डका बारेमा डेभलपर्स तथा उद्योगका पार्टनरहरु माझ संक्षिप्त जानकारी समेत प्रस्तुत गरेको थियो ।