कीवर्डहरू -

बुटवलमा भोलि स्टार्टअप एण्ड आइडिया फेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी

बुटवलमा भोलि स्टार्टअप एण्ड आइडिया फेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको सयुक्त सहकार्यमा बुधबार लुम्बिनी प्रदेशको बुटवलमा इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२ र डिजिटल लुम्बिनी संवाद कार्यक्रम आयोजना हुने भएको छ ।

बिहान ११ बजेदेखि बुटवल सिटी सेन्टर मिलनचोकमा स्टार्टअप एण्ड आइडिया फेस्ट शुरू हुनेछ भने दिउँसो ३ बजेदेखि डिजिटल लुम्बिनी संवाद शुरू हुनेछ । कार्यक्रममा निःशुल्क प्रवेशको सुविधा रहेको छ ।

आइसिटी क्षेत्रमा कृयाशिल स्थानीय स्टार्टअपहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उदेश्यले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना भइरहेको छ । यस अन्तर्गत गत चैत १८ गते गण्डकी प्रदेशको पोखरामा कार्यक्रम आयोजना भइसकेको छ ।

यस कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ । सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिसामु प्रस्तुती दिनेछन । यदी तपाईसँग पनि कुनै स्टार्टअप वा आईडिया छ भने यहाँ क्लिक गरी दर्ता गराउन सक्नुहुनेछ ।

स्टार्टअपले आइटी क्षेत्रका सफल स्थानीय तथा काठमाडौंका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन ।

त्यस्तै डिजिटल लुम्बिनी संवाद कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, निजी क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा अन्तकृया हुनेछ ।

आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ । छनौट भएका केही स्टार्टअपहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन ।

स्टार्टअपहरुले आवश्यक प्रविधि, कानुनी सहायता र व्यापार प्रवद्धनको लागि निशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृस्ट १ स्टार्टअपलाई आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने छ ।

स्टार्टअप एण्ड आइडिया फेस्टलाई ईबीमाले मुख्य प्रायोजन गरेको छ भने पावर्ड बाई यार्सा ल्याब्सले गरेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंक, प्रभु पे, सफ्वेरिका कलेज, निमा एकेडेमी, ब्रोडवे इन्फोसिस, डिशहोम फाइबरनेट, एसीसीए, सेलएप, सीएसआईटी एशोसिएसन नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब, टेक्नोरियो, अप्लाई जब लगायतका विभिन्न संघ संस्थाको सहयोग रहेको छ ।