डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिना नामक नयाँ योजना ल्याएको छ । डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि यो सार्वजनिक गरिएको हो ।
यो योजनामा डिशहोमको डिलरदाइबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउने कम्पनीले जनाएको छ ।
यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरू मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्नेछन् ।
हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभी, नेपा च्यानल लगायत डिशहोम सोकेसमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुने कम्पनीको भनाइ छ ।
१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रु १ लाख जित्ने यो योजनाको फाइदा चैत २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन् ।
एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो । डिशहोमले डिशहोम फाईबरनेट ब्राण्ड नाममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।