कीवर्डहरू -

सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट

सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट

सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली’ योजना संचालन गरेको छ । चैत ११ देखि जेठ १ गतेसम्म लागू हुने यो योजना अन्तरगत ग्राहकहरुले सामसङका टिभि तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना सामसङ्गको टिभी, रेफ्रिजेरेटर, र वासिङ्ग मेसिन खरिदमा लागू गरिएको जनाइएको छ । जस अनुसार  सामसङ्गको लाइफस्टाइल टिभि द फ्रेम, खरीद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

१०० प्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्यु एल इ डि टिभि २० प्रतिशतसम्म र क्रिस्टल ४के युएचडि टिभि २० प्रतिशत भन्दा बढी छुटमा उपलब्ध रहेको छ ।

यस्तै स्मार्ट टिभिमा अधिकतम २५ प्रतिशतसम्म छुट पाइने बताइएको छ भने ५७९ लिटर क्यापासिटिको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रोे, र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटरहरु र सिंगल डोर रेफ्रिजेरेटरहरु २२ प्रतिशतसम्मको क्यासब्याक अफरका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसैगरी विभिन्न क्षमताका वासिङ्ग मेसिनहरुमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यास ब्याक प्रदान गरिएको छ । टिभिमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरुमा दिइएको पनि जनाइएको छ । डिआइटि कम्प्रेसर (रेफ्रिजेरेटर) र एसिमा १० वर्ष, डिआइटि मोटर (वासिङ्ग मेसिन) मा १० वर्षको वारेन्टी रहेको छ ।