कीवर्डहरू -

मेडिकोज पीडीएफ आईओएसमा पनि उपलब्ध, अब मोबाइलमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने

मेडिकोज पीडीएफ आईओएसमा पनि उपलब्ध, अब मोबाइलमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने

आईओएसमा मेडिकोज पीडीएफ एप उपलब्ध भएको छ । यसअघि वेबसाइट र एन्ड्रोइडमा उपलब्ध भएको मेडिकोज पीडीएफ अब आईओएसमा पनि उपलब्ध भएको हो ।

एपबाट मेडिकल सम्बन्धि किताब, नोट र स्लाइड निःशुल्क पढ्न पाइने छ । त्यस्तै मेडिकलसँग सम्बन्धित न्युज तथा जर्नल पनि एपमै पढ्न पाइने छ ।

यसैगरी मेडिकोज पीडीएफ डटकम मा अकाउन्ट बनाएर मेडिकल नोट, पावरपोइन्ट र डकुमेन्टहरू अपलोड गर्न समेत सकिन्छ ।

मेडिकोज पीडीएफ मेडिकोज इन्टरनेसनलले विकास गरेको हो । यसलाई सोसियो लर्निङ प्लेटफर्मको रूपमा विकास गर्न खोजेको कम्पनीले जनाएको छ ।

मेडिकल विद्यार्थीहरूको एउटै गन्तव्य मेडिकोज पीडीएफ बनाउने कम्पनीको योजना छ । मेडिकोज पीडीएफ एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्ः मेडिकल शिक्षालाई डिजिटल बनाउँदै मेडिकोज, अनलाइनमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने