कीवर्डहरू -

वाई सिरिजका दुई नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक गर्दै भिभो

वाई सिरिजका दुई नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक गर्दै भिभो

भिभोले नेपालमा वाई सिरिजका दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।  कम्पनीले वाई सिरिजका मोडल वाई ३३ एस र वाई ०१ स्मार्ट छिट्टै नेपालमा सार्वजनिक गर्ने भएको हो ।

वाई सिरिजका यी स्मार्टफोनले ग्राहकको मत जित्ने कम्पनीको विश्वास छ ।  भिभोको नयाँ स्मार्टफोनमा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा रहेको बताइएको छ ।

यस्तै यसमा ठूलो ब्याट्री छ जुन ५००० एमएएच हुनसक्छ, जसले प्रयोगकर्ताहरूलाई ब्याट्री सक्किन चिन्ताबाट मुक्त गराउँदै सबै अविस्मरणीय क्षणहरू खिच्न सक्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।