कीवर्डहरू -

एडिट फिचरमा काम गर्दै ट्विटर

एडिट फिचरमा काम गर्दै ट्विटर

ट्विटरमा अब एडिट फिचर उपलब्ध हुने भएको छ । ट्विटरले मंगलबार एक ट्विट गर्दै एडिट फिचर परीक्षण गरिरहेको जानकारी दिएको हो ।

गत वर्षदेखि नै एडिट फिचरमा काम गरिरहेको ट्विटरले जनाएको छ । एडिट फिचर ल्याउने आइडिया एलन मस्कको ट्विटबाट नलिएको ट्विटरले प्रस्ट पारेको छ ।

ट्वीटर कन्जुमर प्रडक्टका प्रमुख जे सुल्लीभानले एडिट फिचर ट्विटरमा केही वर्षदेखि धेरै अनुरोध गरिएको फिचर भएको जानकारी दिएका छन् ।

केही दिन अघि मात्रै ट्विटरको ९.२ प्रतिशत शेयर एलन मस्कले खरिद गरेका थिए । त्यसपछि उनी ट्विटरको सबैभन्दा ठूलो शेयरधनी बनेका थिए ।

ट्विटरको शेयर खरिद गरेपछि उनले ट्विटरमा के तपाई एडिट बटन चाहनुहुन्छ ? भन्दै पोल बनाएका थिए ।