कीवर्डहरू -

डिजिटल केवाईसी तयार गर्दै प्राधिकरण, माग्यो परामर्शदाता 

अब राष्ट्रिय परिचयपत्र बोकेर गए सीम पाइने

डिजिटल केवाईसी तयार गर्दै प्राधिकरण, माग्यो परामर्शदाता 

नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी तयार गर्ने भएको छ ।  यसका लागि प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय परामर्शदाताको आशयपत्र माग गरेको छ ।

प्राधिकरणले डिजिटल केवाईसीको डिजाइन, विकास, एकीकरण कार्यान्वयन, सञ्चालन र सहयोगका लागि परामर्शदाता माग गरेको हो ।

डिजिटल केवाईसी लागु भएपछि सीम कार्ड निकाल्न नागरिकता, फोटो बोकेर टेलिकम अफिस जानु पर्ने बाध्यताको अन्त्य हुने प्राधिकरणले जनाएको छ ।

डिजिटल केवाईसी लागु भएपछि सीम निकाल्न राष्ट्रिय परिचयपत्र ल्याए पुग्नेछ । त्यसका लागि टेलिकम क्षेत्रको केन्द्रीतकृत डिजिटल केवाईसीको डेटा प्राधिकरणमा हुनेछ । त्यो डेटा राष्ट्रिय परिचयपत्रमा जोडिने छ । राष्ट्रिय परिचयपत्रमा जोडिएपछि परिचयपत्र लिएर टेलिकमबाट सीम लिन पाइने छ ।

इच्छुक परामर्शदाताले आगामी अप्रिल २२ सम्म आशयपत्रको प्रस्ताव पेश गर्न सक्ने छन् । आशयपत्रको मूल्यांकन ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताको आधारमा हुनेछ ।

आशयपत्रमा पास हुन न्यूनतम अकं ६० रहेको छ ।  त्यसपछि शर्टलिष्ट भएका परामर्शदातालाई मात्रै आर्थिक र प्राविधिक प्रस्ताव पेश गर्न अनुरोध गरिने छ ।