कीवर्डहरू -

लुम्बिनीलाई अग्रणी डिजिटल प्रदेश बनाउने मन्त्री शर्माको सपना

लुम्बिनीलाई अग्रणी डिजिटल प्रदेश बनाउने मन्त्री शर्माको सपना

प्रविधिको क्षेत्रमा लुम्बिनीलाई अग्रणी प्रदेश बनाउने तयारी रहेको आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री टिकाराम शर्माले बताएका छन् ।

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसनले संयुक्तरुपमा आयोजना गरेको ‘डिजिटल लुम्बिनी सम्वाद ३.०’ मा बोल्दै मन्त्री शर्माले लुम्बिनी प्रदेशलाई प्रविधिको क्षेत्रमा पहिलो प्रदेश बनाउने आफ्नो इच्छा रहेको बताएका हुन् ।

प्रविधिको क्षेत्रलाई लुम्बिनी प्रदेशलाई अगाडी लैजान प्रविधिमैत्री थप योजना बजेटमा तर्जु गर्ने उनले कार्यक्रममा बताए ।

देशकै पहिलो सूचना प्रविधि प्रतिष्ठान स्थापना गरेको लुम्बिनी प्रदेश सरकारले चाढै आईटी पार्क र आफ्नै डेटा सेन्टर स्थापना गर्ने तयारी गरेको मन्त्रीले बताए ।

लिभिङ विथ आईसीटीले आयोजना गरेको पहिलो प्रदेशस्तरीय वृहत डिजिटल सम्वादले प्रदेशलाई डिजिटल यात्रामा अगाडी बढ्न थप सहयोग गरेको भन्दै मन्त्री शर्माले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रविधिमा अवसरसँगै चुनौती आउने बताउँदै उनले डिजिटल लुम्बिनीको यात्रामा सकरात्मक सोच लिएर अगाडी बढ्न समेत आह्वान गरेका छन् ।