कीवर्डहरू -

दराजको नयाँ वर्ष अफर, सामान खरिदमा छुटसँगै स्कुटर जित्ने मौका

दराजको नयाँ वर्ष अफर, सामान खरिदमा छुटसँगै स्कुटर जित्ने मौका

दराजले चैत्र २८ देखि नव वर्षको सेल नयाँ रहर नयाँ अफर सुरु गर्ने घोषणा गरेको छ । नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरूका साथै रु ५००० सम्म को भाउचर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ याडेया एसलाइक स्कुटर जित्ने अवसर लिएर आएको हो ।

यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराज बीच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १०% (अधिकतम रु १०००) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु १५००) सम्म छुट पाउन सक्नेछन् ।

त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र साङ्ग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १०% (रु. १००० सम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५% (रु. १५०० सम्म) छुट लिन सक्नेछन् ।

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रीपेमेन्टमा १५% सम्म छुट (अधिकतम १०००) प्राप्त गर्न सक्नेछन्। यद्यपि यो अफर ११ अप्रिल देखि १५ अप्रिलसम्म मान्य हुने छ ।