कीवर्डहरू -

रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो फाइभजी​ नेपालमा, कति छ मूल्य ?

रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो फाइभजी​ नेपालमा, कति छ मूल्य ?

साओमीले रेडमी नोट ११ एस्, र रेडमी नोट ११ प्रो फाइभ जी​ नेपालमा लन्च गरेको छ । प्रत्येक वर्ष एकसेएक नयाँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउँदै आएको शाओमीले यो वर्ष पनि पावर फुलअप ग्रेड सहित  नयाँ फोनहरु बजारमा ल्याएको हो ।

शाओमीले फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सिमा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, “हामीले अहिले लन्च गरेको रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो फाइभ जीले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँच योग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुल मान्यतालाई साकार बनाएको छ ।

उत्कृष्ट फोटोग्राफिको लागि फ्ल्यागशिप लेभलको क्यामरा

१०८ एमपिको प्राइमरी सेन्सर भएको फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्ने बताइएको छ ।

यस्तै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङलक्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सकिने कम्पनिले जनाएको छ  । यसमा भएको  १६ एमपिको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सकिने जनाइएको छ ।

एफएचडी एएमओएलईडी डट डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट र ट्रेण्डी फ्ल्याट एज बडी

१२० हर्ज​को रिफ्रेस रेट र ३६० हर्ज सम्मको टच स्याम्प्लिङ् रेट भएको रेडमि नोट ११ एस् र रेडमि नोट ११ प्रो फाइभजीको ल्यागफ्री ट्रान्जिसन, स्मुथएनिमसन र प्रेसाइजफिङर टचले प्रयोगकर्ताहरुलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स पनि दिने कम्पनिले बताएको छ ।

दुईवटै फोनमा डिसिपाई पि थ्री वाइड कलर गेमुट सहितको एफएचडी एएमओएलईडी डट डिस्प्ले रहेको र जिवन्त रङहरु तथा राम्रो डिटेलहरु देख्न सकिने पनि बताइएको छ  ।

पावर र स्पिडको जोडदार संयोजन

पावर फुलपर्फर्मेन्सको लागि रेडमि नोट ११ प्रो फाइभ जीमा अड्भान्स्ड अक्टा कोर स्नापड्रागन ६९५​ प्रोसेसर प्रयोग गरिएको छ ।

यस्तै रेडमि नोट ११ एस्फ्ल्यागशिप लेभल टेक्नोलोजी, २.२ गिगाहर्ज सम्मको क्लक स्पिड, अड्भान्स्ड अक्टा कोर मिडियाटेक हेलियो जि ९६ ​, ८ जिबि र्याम​ ५ जि सपोर्ट गर्ने चिपसेट सहित आउने जनाइएको छ  । यस्तै दुइवटै डिभाइसमा ५००० एमएएचको ब्याट्रि रहेको छ ।

रेडमि नोट ११ प्रो फाइभ जी मा भएको फ्ल्यागशिप ६७ वाटको टर्बोचार्जिङले १५ मिनेटमै ५०प्रतिशतसम्म ब्याट्रि चार्ज गर्न सक्छ भने रेडमि नोट ११ एस्मा ३३ वाटको प्रो फास्ट चार्जिङ छ जसले एक घण्टामै ब्याट्रि फुलचार्ज गर्न सक्ने बताइएको छ ।

बजारमा उपलब्धता

रेडमी नोट ११ एस पोलार ह्वाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमी नोट ११ प्रो फाइभजी​ ग्रेफाइट ग्रे, पोलर ह्वाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ ।

६ जीबी र्‍याम र १२८ जीबी स्टाेरेज भएको रेडमी नोट ११ एसको मूल्य  २९,९९९ रुपैयाँ र ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजको ३१,९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै ६जीबी र्‍याम र १२८ जीबी स्टाेरेज भएको रेडमी नोट ११ प्रो फाईभजीको मूल्य ३६,९९९ रुपैयाँ ८जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य ३९,९९९ रुपैयाँ पर्ने जनाइएको छ ।   अनलाइन र रिटेलमा चैत्र २७ देखि फोन उपलब्ध हुने कम्पनीले जनाएको छ ।