कीवर्डहरू -

महेन्द्रनगरमा डिशहोम फाईबरनेटको शोरूम

महेन्द्रनगरमा डिशहोम फाईबरनेटको शोरूम

डिशहोम फाईबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कंचनपुरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो शोरुमको सञ्चालन मौभेरा मनी ट्रान्सफरले गर्नेछ ।

शोरुम उद्घाटन डिशहोमका तर्फबाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स  म्यानेजर निर्मल आचार्य,  सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राईटर लक्ष्मीदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको मौभेरा मनी ट्रान्सफरले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ ।

१०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको मौभेरा मनी ट्रान्सफरले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने मौभेरा मनी ट्रान्सर्फरका सञ्चालक दान सिङ बिष्टले जानकारी दिए ।