कीवर्डहरू -

नागरिक एपबाट ७५७ जनाले लिए एनओसी

नागरिक एपबाट ७५७ जनाले लिए एनओसी

नागरिक एपबाट ७५७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । हालसम्म नागरिक एपबाट ७५७ जनाले अध्ययन स्वीकृति अर्थात एनओसी लिएका हुन् ।

उच्च शिक्षाका अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई एनओसी आवश्यक पर्छ । एपबाटै एनओसी अप्लाई गर्न र डाउनलोड गर्न मिल्ने भएकाले विद्यार्थीलाई धेरै सजिलो भएको छ ।

नागरिक एपबाट एनओसी लिन शुरूमा नागरिक एपमा खाता बनाउनु पर्ने हुन्छ । खाता बनाएपछि लगइन गरेर एनओसी लेखिएको अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि आवश्यक विवरण राखेर अप्लाई गर्न सकिने छ । एनओसी तयार भएपछि नागरिक एपबाटै डाउनलोड गर्न सकिने छ ।