कीवर्डहरू -

वीरगंजमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुँदै

वीरगंजमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुँदै

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा मदेश प्रदेशमा तेस्रो प्रादेशिक स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल मधेश संवाद हुने भएको छ ।

प्रदेशको मूख्य शहर वीरगन्जको विशुवा होटलमा आईतबार उक्त फेस्ट हुनेछ । विहान ११ देखि साँझ ६ बजेसम्म आयोजना हुने समारोहमा स्टार्टअप एण्ड आईडिया फेस्ट बाहेक ‘एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन’, ‘आईडिया पिचिङ’ र ‘डिजिटल मधेश सम्वाद सेसन’ समानन्तर समयमा आयोजना हुनेछन् ।

स्टार्टअप एण्ड आईडिया फेस्टमा मधेश प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले सहभागिता जनाउन सक्ने छन् ।

आईडिया पिचिङ सेसनमा सहभागी कम्पनीहरुले आफ्नो व्यवसाय तथा प्रोडक्ट आईडियाबारे सुनाउने र प्रतिस्पर्धा गर्न सक्ने छन् । यसरी प्रतिस्पर्धा हुने आईडियाहरुबीच उत्कृष्ट पाँचलाई ‘आईडिया इन्कुबेसन’ का लागि छनौट गरी सम्भावित लगानी भेर्सहरुसँग सम्पर्कमा समन्वय गरिनेछ ।

मूलधारको दृष्टिमा पर्न नसकेका वृहत सम्भावना बोकेका मधेस प्रदेशका आईडिया र स्टार्टअपहरुलाई राष्ट्र्रिय स्तरको पहिचान दिने कार्यक्रमको उदेश्य हो ।

यसैगरी एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा नवप्रवर्तनकै क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

साँझ ३ देखि ६ बजेसम्म हुने मन्त्रीस्तिरीय डिजिटल मधेस सम्वादमा आईसीटी क्षेत्रका मधेस प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल सम्वाद आयोजना हुनेछ ।

मधेश प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा सम्वादमा वृहत छलफल हुनेछ ।

प्रदेश स्तरीय स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हालसम्म गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न भईसकेको छ भने अन्य प्रदेशमा हुँदैछ ।

चैत्र १८ मा पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशको आईडिया पिचिङ सेसनबाट सात्विक न्युट्रिन्ट्स, हेल्लो हेल्थ क्लिनिक, एकल होम सोल्युसन, क्वाड गेम र एक्सडेजो कम्पनी ‘इन्कुबेसन’ का लागि छनौट भएका थिए ।

यसैगरी चैत्र २३ मा बुटवलमा आयोजना भएको लुम्बिनी प्रदेशको आईडिया पिचिङ सेसनबाट ईबाइक, फूड अन वेज, श्री सिता बाबा मल्टि टेक, लुम्बिनी स्टेम एजुकेसन र फरिद डटकमको एम सेक्युरिटी छनौट भएका थिए ।

मधेस प्रदेशको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वादकामा सहभागी हुन चाहाने इच्छुकहरुले यहाँ क्लिक गरेर आवेदन दिन सक्ने छन् ।