स्वास्थ्य बीमा बोर्डले मोबाइल एप सार्वजनिक गरेको छ । छैटौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको अवसर पारेर बोर्डले एचआईबी प्रोफाइल एप नामक मोबाइल एप सार्वजनिक गरेको हो ।
एपबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने छ ।
एचआईबी एप्लिकेसनबाट नवीकरण गर्ने समय भए नभएको समेत थाहा पाइनेछ । साथै नवीकरणको शुल्क कनेक्ट आईपीएस र खल्तीबाट भुक्तानी गर्न सकिने छ ।
एचआईबी प्रोफाइल एप प्ले स्टोर र एप स्टोरमा अपलोड भइसकेको र भेरिफिकसेसनको प्रक्रियामा रहेकोले अर्को हप्ता भित्र एप डाउनलोड गर्न सकिने बोर्डले जानकारी दिएको छ ।
एप डाउनलोड गरेपछि बिमितको बीमा नम्बर, घरमुलीको बीमा नम्बर र जन्मिति राखेर एपमा प्रवेश गर्न सकिनेछ । जन्मिति, फोन नम्बर बोर्डको सिस्टममा गलत प्रबिस्ट भएको छ भने आफ्नो जिल्लामा रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयमा सम्पर्क गरि सच्चयाउन सकिने छ ।