कीवर्डहरू -

वीरगन्जमा स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद आयोजना हुँदै, निःशुल्क सहभागी हुन पाइने

वीरगन्जमा स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद आयोजना हुँदै, निःशुल्क सहभागी हुन पाइने

वीरगन्जमा आईतबार डिजिटल मधेश सम्वाद ३.० हुने भएको छ । मधेस प्रदेश अन्तर्गत प्रमुख शहर वीरगन्ज स्थित विसुवा होटलमा उक्त सम्वाद आयोजना हुन लागेको हो ।

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा हुन लागेको यो तेस्रो प्रादेशिक सम्वाद हो । यसअघि पहिलो सम्वाद गण्डकी प्रदेशको पोखरा, दोस्रो लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भईसकेको छ ।

सम्वादमा मधेश प्रदेशको डिजिटाइजेसनको अभ्यास, अवस्था र योजनाका बारेमा निजी तथा सार्वजनिक सरोकारवाला र प्राज्ञिकहरुबीच विस्तृत प्यानल छलफल हुनेछ । यसमा मधेश प्रदेशको सूचना प्रविधि विकासको क्षेत्रमा रुची राख्ने जोकोहीले उक्त सम्वादमा सहभागी हुन सक्ने छन् ।

यो सम्वाद दिउँसो ३ देखि साँझ ६ बजेसम्म आयोजना हुनेछ । साथै सम्वाद बाहेक समानन्तर समयमा होटल परिसरमै स्टार्टअप एण्ड आईडिया फेस्ट पनि आयोजना हुनेछ ।

यसमा मधेश प्रदेशका सूचना, विज्ञान प्रविधि तथा नवप्रवर्तनमा काम गरिरहेका स्टार्टअप तथा आईडियाहरुले स्टल प्रदर्शनी गर्न सक्ने छन् । सम्वाद र फेस्टमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् ।