कीवर्डहरू -

गूगलको जीबोर्डमा तामाङ्ग, लिम्बु र डोट्याली भाषामै टाइप गर्न सकिने

गूगलको जीबोर्डमा तामाङ्ग, लिम्बु र डोट्याली भाषामै टाइप गर्न सकिने

काठमाडौं । गूगलको लोकप्रिय की बोर्डले थप भाषाहरु आफ्नो एपमा समावेश गरेको छ । गूगलको कीबोर्ड जीबोर्डले थप ५० भाषाहरु आफ्नो प्लेटमर्फमा समावेश गरेसँगै अब जीबोर्डमा भाषाहरुको संख्या ५०० पुगेको छ ।

हाल समावेश भएका भाषाहरुमध्ये अधिकांश सानो सानो संख्यामा बोलिने भाषाहरु छन् । जीबोर्डले थप गरेका भाषाहरुमा नेपाल, अरेबिक, टर्की, चीन, भारत, सिंगापुर, इण्डोनेशियालगायतका मुलुकहरुका विभिन्न समुदायहरुले बोल्ने भाषाहरु छन् ।

नेपालभित्र बोलिने केहि भाषाहरु पनि जीबोर्डले सपोर्ट गर्ने भएको छ । जसमा डोट्याली, पूर्वी तामाङ्ग, र लिम्बु भाषा रहेका छन् ।

यी भाषाहरुमा तपाईँले गूगलको कीबोर्डमा आफूलाई मनपर्ने भाषामा लेख्न सक्नुहुने भएको छ ।

गूगलकाअनुसार यी भाषाहरुमा तत्काल नै टाइप गर्न सकिने सेवा शुरु भईसकेको छ । यसकोलागि तपाईँले आफ्नो स्मार्टफोनको गूगल प्ले स्टोरमा गएर जीबोर्ड एप अपडेट गर्नुपर्ने हुन्छ ।

हाल यो सुविधा एन्ड्रोयड स्मार्टफोनहरुमा मात्र उपलब्ध भएपनि आईओएसमा पनि छिटै उपलब्ध हुने बताईएको छ ।

जीबोर्ड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।