कीवर्डहरू -

वीरगन्जमा आज स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद हुँदै

वीरगन्जमा आज स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद हुँदै

मधेश प्रदेशमा आईतबार पहिलो प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल मधेश सम्वाद ३.० एक साथ हुँदैछ । प्रदेशको प्रमुख शहर वीरगन्ज स्थित विसुवा होटलमा उक्त कार्यक्रम आयोजना हुँदैछ ।

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा हुन लागेको यो तेस्रो फेस्ट र प्रादेशिक सम्वाद हो । यसअघि पहिलो सम्वाद गण्डकी प्रदेशको पोखरा, दोस्रो लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भईसकेका छन् ।

फेस्टमा २५ भन्दा धेरै स्टार्टअप र आईडियाहरुले सहभागिता जनाउँदै छन् । फेस्ट र सम्वादमा सहभागी हुन चाहाने इच्छुकले कुनै पनि शूल्क तिर्नुपर्ने छैन ।

फेस्ट दिनको ११ बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुनेछ । यसैगरी सम्वाद दिउँसो ३ देखि साँझ ६ बजेसम्म आयोजना हुनेछ ।

सम्वादमा प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत कुमार सासहको समेत उपस्थिति रहनेछ ।