कीवर्डहरू -

अब नागरिक एपबाटै एनओसीको पेमेन्ट गर्न र नजिकको पुलिस स्टेसन थाहा पाउन सकिने

अब नागरिक एपबाटै एनओसीको पेमेन्ट गर्न र नजिकको पुलिस स्टेसन थाहा पाउन सकिने

नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को पेमेन्ट, आफ्नो नजिकका पुलिस स्टेसन थाहा पाउन सकिने लगायतका सुविधा थप भएका छन् ।

नजिकको पुलिस स्टेसन थाहा पाउन एपमा नेपाल पुलिस नामक नयाँ अप्सन थपिएको छ । त्यसमा क्लिक गरेर पुलिस स्टेसन नियरबाई लेखेको ठाउँमा क्लिक गरेपछि नजिकको पुलिस स्टेसनको लोकेसन र नम्बर थाहा पाउन सकिने छ ।

एपमा क्युआर कोडसहितको कोभिड खोप प्रमाणपत्रमा बुस्टर डोज थप गर्न सकिने विकल्प समेत थपिएको छ । त्यस्तै नयाँ अपडेटबाट विद्युत प्राधिकरणको सेवा अपडेट, भेहिकले डिटेल अप्टिमाइज र बग फिक्स गरिएको छ ।

स्वास्थ्य बीमा बोर्डमा बीमा गरेका बिमितले पनि नागरिक एपबाटै पेमेन्ट गर्न सक्ने र नवीकरण गर्न सकिने सुविधा पनि एपमा छिट्टै उपलब्ध हुने जनाइएको छ । नागरिक एपका अनुसार अहिले यसमा काम भइरहेको छ ।

यी सुविधा पाउन प्रयोगकर्ताले नागरिक एप अपडेट गर्नुपर्ने हुन्छ । प्ले स्टोर र एप स्टोरबाट नागरिक एप अपडेट गर्न सकिने छ ।