कीवर्डहरू -

ग्यापुको ‘ग्यापुभर्सरी अनलाइन मेला’, १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री

ग्यापुको ‘ग्यापुभर्सरी अनलाइन मेला’, १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री

ई-कमर्स कम्पनी ग्यापुले १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री गरेको छ । ग्यापुले आफ्नो दोस्रो वार्षिकोत्सवको अवरमा ल्याएको ‘ग्यापुभर्सरी अनलाइन मेला’मा १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री भएको हो ।

दोस्रो वार्षिकोत्सवको अवसरमा ग्यापुले  सामान खरिदमा ८० प्रतिशतसम्म छुट दिएको छ । यो छुट चैत २५ देखि वैशाख २ सम्म चल्ने छ ।

मेलामा ग्राहकले पाँच हजार वटा भन्दा बढी किसिमका दैनिक उपयोगी सामाग्री खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

मेलामा सामाग्री खरिद गर्ने ग्राहकले अधिकतम ८० प्रतिशतसम्म छुट पाउन सक्ने बताइएको छ । कम्पनीका अनुसार मेलामा ११ वटा भन्दा बढी प्रकार, २० वटा भन्दा  बढी ब्राण्डहरुका सामाग्री राखिएको छ ।

कम्पनीले ग्यापु ग्रेटेस्ट गिभ अवे/फ्री ग्रेटेस्ट गिभ अवे अन्तर्गत १५ वटा ब्राण्ड राखेको छ । लाइभ सेल रहने मेलामा बिभिन्न बैंक र इ-वालेट मार्फत विशेष छुट पाउन सकिने कम्पनीले जनाएको छ।

ग्राहकले एनसिसि बैंक मार्फत  डिजिटल भुक्तानी गर्दा, माच्छापुछ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा, र हिमालयन बैंकका कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकले २० प्रतिशत छुट पाउने छन् ।

कम्पनीले इ-वालेट छुट अन्तर्गत इ-सेवा, खल्ति र फोनपे सङ्ग सहकार्य गरेको छ। मेलामा यि तिनीवटा इ-वालेट माफत कारोबार गर्दा ग्राहकले सत प्रतिशत क्यास ब्याक सम्म पाउन सक्ने छन् । साथै एनआईसी बैंकका कार्ड प्रयोगकर्ता ग्राहकले विशेष छुट पाउने बताइएको छ ।

इसेवामार्फत कारोबार गर्ने ग्राहकले सय प्रतिशत सम्मको क्यास ब्याक लिन सक्ने कम्पनीले बताएको छ। यसैगरी खल्ति एप मार्फत कारोबार गर्ने ग्राहकले २० प्रतिशत छुट पाउन सक्ने छन् । फोन पे मार्फत कारोबार गर्ने ग्राहकले ३० प्रतिशत छुट पाउन सक्नेछन ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको मोबाइल एप्लिकेसन एप स्टोरमा एक लाख बढी डाउनलोड पुगिसकेको छ भने आईओएसमा पनि उपलब्ध छ । दैनिक ७ सय भन्दा बढी नेपालभर नि:शुल्क डेलिभरी गर्दै आएको छ ।