कीवर्डहरू -

कर्मचारीले सहयोग नगरे मधेशलाई डिजिटाइजेसनमा लान असम्भव छः सञ्चारमन्त्री साह

कर्मचारीले सहयोग नगरे मधेशलाई डिजिटाइजेसनमा लान असम्भव छः सञ्चारमन्त्री साह

कर्मचारीले सहयोग नगरे डिजिटाइजेसनमा जान असम्भव हुने मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले बताएका छन् ।

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय तेस्रो डिजिटल मधेश सम्वाद ३.० मा बोल्दै मन्त्री साहले त्यस्तो बताएका हुन् ।

जनप्रतिनिधिले नियम मात्र बनाउने हुँदा लागू गर्ने सर्वोपरी जिम्मेवारी कर्मचारीमा रहेको भन्दै कर्मचारीले सहयोग नगरे डिजिटाइजेसन कार्यान्वयन गर्न गाह्रो हुने मन्त्री साहले बताए ।

संघले प्रदेशमा कर्मचारी पठाउने र ती कर्मचारी सक्षम नहुँदा डिजिटाइजेसनमा अप्ठ्यारो परेको उनले बताए ।

‘पालिका, कार्यलयका सिस्टमहरु अपग्रेड छैनन्, डेटाहरु त्यहीँ पुरानो छ, । परिवर्तन गर्न भनेर भन्दा कर्मचारी असक्षम छन्,’ मन्त्री थाहाले भने ।

विश्व डिजिटाइजेसनमा गइरहेको अवस्थामा मधेस प्रदेश पछाडी परे विकासको बाटोमा अवरोध उत्पन्न हुने मन्त्री साहले बताए ।