कीवर्डहरू -

भायानेटका ग्राहकले अब मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

भायानेटका ग्राहकले अब मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग सहकार्य गरेको छ । यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना निःशुल्क चलाउन पाउने कम्पनीले जनाएको छ ।

नर्सरी देखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ ।

विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू र विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु रहेको यो सेवाले अनलाइन सिकाइलाई अझै सहज र रमाइलो बनाउने कम्पनीको भनाइ छ ।

मिदास इ–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्नेछन् ।

भायनेटले वैशाखसम्म आफ्ना ग्राहकलाई मिदास इ–क्लास एक महिना निशुल्क चलाउन दिनेछ । भायानेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इ–क्लासमा सहभागिता जनाउन सक्नेछन् ।

उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको छ ।