कीवर्डहरू -

दराजको नयाँ वर्ष अफर, सामान खरिद गर्नेलाई निःशुल्क सपिङदेखि बम्पर उपहारमा स्कुटरसम्म

दराजको नयाँ वर्ष अफर, सामान खरिद गर्नेलाई निःशुल्क सपिङदेखि बम्पर उपहारमा स्कुटरसम्म

अनलाइन सपिङ्ग सेन्टर दराजले नयाँ वर्ष २०७९ को विशेष उपहार योजना सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमका बीच कम्पनीले नयाँ वर्षको अवसरमा दराजबाट सामान खरिद गर्नेलाई निःशुल्क सपिङ्गदेखि बम्पर उपहारमा स्कुटरसम्म प्रदान गर्ने घोषणा गरेको हो ।

यो योजना अप्रिल १० अर्थात् चैत्र २७ गते मध्यरातदेखि नै सुरु भएको कम्पनीले जनाएको छ । यस वर्षको विशेष उपहार योजना विगतका वर्षहरू भन्दा फरक हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ्गको अनुभव हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत सेवाग्राहीले ६० प्रतिशतसम्मको मेगा डिलमा ५ हजार रुपैयाँसम्मको विशेष छुटको भौचर पाउनेछन् भने, अनलाइन प्रिपेमेन्टमा बैंक कार्ड, ईसेवा र आईएमई पे वालेटबाट एक हजार ५०० रुपैयाँसम्मको छुट पाउनेछन् ।

यस्तै निःशुल्क सपिङ्ग देखि बम्पर उपहारमा एक जना भाग्यशाली ग्राहकलाई यशुदा एस–लाइक स्कुटर समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।