कीवर्डहरू -

दराज र सस्तोडिलमा बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट

दराज र सस्तोडिलमा बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट

बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ ।

नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा पाउनेछन् ।

साथै, कार्डबाहकहरुले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम रु.२,००० सम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ ।