कीवर्डहरू -

डुअल पोर्ट यूएसबी सी पावर एडाप्टर ल्याउँदै एप्पल

डुअल पोर्ट यूएसबी सी पावर एडाप्टर ल्याउँदै एप्पल

एप्पलले आफ्नो पहिलो डुअल पोर्ट यूएसबी सी पावर एडाप्टर सार्वजनिक गर्ने भएको छ । कम्पनीले ३५ वाटको डुअल यूएसबी सी पोर्ट पावर एडाप्टर बनाउने योजना बनाईरहेको छ । यो एडाप्टरले एकदमै फास्ट चार्जिङ्ग गर्नेछ ।

यसमा जिएएन प्रयोग हुनेछ । यो म्याकभन्दा मोबाइलका लागि उपयुक्त हुने देखिएको छ । यसले यूएसबी पावर डेलिभरी फास्ट चार्जिङ स्टयाण्डर्डलाई प्रयोग गर्नेछ ।

एडाप्टर बारेमा एप्पलले एकै छिनका लागि आफ्नो वेबसाईटमा अपलोड गरेको थियो र फेरि डिलिट गरेको थियो।