कीवर्डहरू -

विन्डोज ११ मा नयाँ फिचर आउँदै, के के हुन् ती फिचर ?

विन्डोज ११ मा नयाँ फिचर आउँदै, के के हुन् ती फिचर ?

यो वर्षको अन्त्य तिर विन्डोज ११ मा नयाँ फिचर आउने भएका छन् । माइक्रोसफ्टले विन्डोज ११ भर्सन २२ एचटू भर्सन अन्तर्गत नयाँ फिचर पनि आउने भएका हुन् ।

यो अपडेटले केही सुधार र बग फिक्सहरु ल्याउने छ । हाइब्रिड वर्कको कार्यक्रममा माइक्रोसफ्टले विन्डोज ११ को नयाँ आधिकारिक फिचरहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने बताएको छ ।

फिशिङबाट सुरक्षा

नयाँ सेक्युरिटी अपडेट तहत माइक्रोसफ्टले फिशिङबाट सुरक्षा दिने फिचर सार्वजनिक गर्ने भएको छ । विन्डोज ११ २२ एचटू भर्सनमा माइक्रोसफ्ट डिफेन्डर स्मार्ट स्क्रीनले थ्रुपै परिवर्तनहरु पाएको छ ।

नयाँ फिचरमा माइक्रोसफ्ट डिफेन्डर स्मार्ट स्क्रीनले प्रयोगकर्ताहरुलाई नोट प्याड जस्तो एपमा आफ्नो पासवर्ड प्लेन टेक्सटको रुपमा स्टोर गर्न लागेको हो भनेर चेतावनी दिनेछ । यो फिचरले फिशिङ साइटहरुमा माइक्रोसफ्ट अकाउन्टको पासवडए हालेमा पनि चेतावनी दिने गर्दछ ।

फायर एक्सप्लोररले ट्याब, मोडर्न साइडबार र प्रासंगिक सुझावको फिचर पाउने

विन्डोज ११ २२ एचटू भर्सनमा फायर एक्सप्लोररले पनि सपोर्ट पाएको छ । ट्याब सपोर्टले गर्दा फोल्डर र डाईरेक्टरीहरु सहज तरीकाले नै मिलाउन मिल्नेछ । माइक्रोसफ्टले मोडर्न साइडबारको फिचर पनि ल्याउने छ र यो फिचरको नाम होम हुनेछ ।

यसमा दिस पिसी जस्तो अप्सन हुनेछ । यस अपडेटले फायर एक्सप्लोररमा वानड्राइभको एकीकरणलाई पनि सहज बनाउने भएको छ, जसले गर्दा फाइललाई एकीकृत रुपमा हेर्न सकिने छ । प्रयोगकर्ताले फाइल पिन गर्ने र फाइललाई फेब्रेटमा राख्ने जस्ता कार्य गर्न सक्नेछन् ।

माइक्रोसफ्टले प्रासंगिक सुझावको फिचरको पनि जाँच गरिरहेको छ । यसले प्रयोगकर्ताहरुलाई आफ्नो कन्ट्याक्टहरुसँग फाइल सहज रुपमै सेयर गर्न दिनेछ ।

फूल स्क्रीन विड्जेट फिचर

विन्डोज ११ २२ एचटू भर्सनमा फूल स्क्रीन विड्जेट बोर्डको फिचर पनि रहेको छ । यसमा पर्सनलाइजड न्यूज, मौसम अपडेट र माइक्रोसफ्ट स्टोर जस्तो वेबमा आधारित विड्जेटहरु प्रयोग गर्न सकिनेछ । यी फिचरहरु कहिले आउँछन् भन्ने बारे कुनै जानकारी रहेको छैन् ।