कीवर्डहरू -

खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउने भएका छन् । नेपालमै पहिलो पटक खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा भ्याट रकमको १० प्रतिशत फिर्ता पाइने भएको हो ।

पूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरेका थिए । खल्तीले आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो नियमलाई अगाडि बढाएको छ ।

यस बाहेक खल्तीले पहिले नै वर्ल्डलिंकको बिल भुक्तानीमा १.५ प्रतिशत क्यासब्याक र अर्थतन्त्रलाई प्रोत्साहन गर्न GOCASHLESS प्रोमो कोड प्रयोग गरी रु. १०० क्यासब्याक प्रदान गरेको छ ।

अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६,५०,००० वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउने कम्पनीको भनाइ छ ।  उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउने  छ ।

यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनु पर्ने छ साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ता बर्गको हुनु पर्ने छ अर्थात यो सुविधा व्यवसायिक कार्य प्रयोजनको लागि दिईने छैन l

यस नौलो सुविधा बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने दृष्टिकोणलाई अगाडी बढाउने बताए ।

‘यसका साथै हामी सरकार र अन्य निकायहरूसँग मिलेर थप सजिलो सेवा र सुविधाहरू ल्याउनका लागि नयाँ क्षेत्रहरूमा काम गर्नेछौं,’ उनले भने ।

त्यस्तै वर्ल्डलिंकका सामुहिक प्रमुख वित्तीय अधिकारी संजय कुमार साहले ‍भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउनेछ र वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिने बताए ।