कीवर्डहरू -

दुवै स्क्रीनमा फिंगरप्रिन्ट सेन्सर भएको भिभो एक्स फोल्ड फोन सार्वजनिक

दुवै स्क्रीनमा फिंगरप्रिन्ट सेन्सर भएको भिभो एक्स फोल्ड फोन सार्वजनिक

भिभोले दुवै स्क्रीनमा फिंगरप्रिन्ट सेन्सर भएको भिभोएक्स फोल्ड फोन सार्वजनिक गरेको छ । भिभोएक्स फोल्डमा क्वालकम स्न्याड्रयागन ८ जेन वान चिप प्रयोग गरिएको छ ।

यसमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट रिडर पनि रहेको छ । फिगंरप्रिन्ट रिडर अल्ट्रासोनिक टाइपको रहेको छ । यो दुवै मेन र एक्सटर्नल स्क्रीनमा उपलब्ध रहेको छ ।

अहिलेको लागि यो डिभाइस चीनमा मात्रै उपलब्ध रहेको छ । फोनले ३ लाख फोल्डहरु खप्न सक्ने कम्पनीले बताएको छ । ओप्पोको एक लाख फोल्ड मात्रै रहेको थियो ।

फोनमा ५० एमपीको मेन क्यामेरा, ४८ एमपीको अल्ट्रा वाइड क्यामेरा, १२ एमपीको पोट्रेट क्यामेरा र ८ एमपीको पेरिस्कोपीक क्यामेरा रहेका छन् । फोनमा एन्ड्रोइड १२ चल्ने गर्दछ ।

यसमा ४६०० एमएएचको ब्याट्री रहेको छ । २५६ जिबी स्टोरेज भएको भर्सनको १ हजार ४१० डलर पर्ने गर्दछ र हाईयर एण्ड भर्सनको १ हजार ५७० डलर पर्ने गर्दछ ।