कीवर्डहरू -

विद्युतीय गाडीमा ४० बिलियन डलर लगानी गर्दै होण्डा

विद्युतीय गाडीमा ४० बिलियन डलर लगानी गर्दै होण्डा

होण्डाले विद्युतीय गाडीमा ४० बिलियन डलर लगानी गर्ने भएको छ । आफ्नै इलेक्ट्रीफिकेशन प्लेटफर्म बनाउन होण्डाले ४० बिलियन डलर लगानी गर्ने भएको हो ।

ब्याट्री निर्माणका लागि पनि सन् २०२४ सम्ममा होण्डाले ३४३ मिलियन डलर खर्च गर्ने जनाएको छ । कम्पनीले सन् २०३० सम्ममा विद्युतीय गाडीको ३० ओटा मोडेल सार्वजनिक गर्नेछ ।

सन् २०४० सम्ममा कम्पनीले आफ्नो सबै गाडीहरूलाई ऊर्जाबाट चल्नेबाट विद्युतीयमा परिणत गर्ने लक्ष्य राखेको छ ।

एक दशकमा विद्युतीय गाडीको उद्योगमा होण्डाले धेरै परिवर्तन ल्याउन काम गरिरहेको छ । कम्पनीले निर्माण गति २ मिलियन गाडी प्रति वर्ष राख्ने योजना छ । सन् २०२४ मा होण्डाले एकदमै सस्तो विद्युतीय गाडीको निर्माण गर्ने योजना बनाएको छ ।

जापानका निम्ति लक्षित गरेर बनाईने विद्युतीय गाडीको मूल्य ८ हजार डलर मात्रै हुनेछ । यसले गर्दा धेरै जनाले विद्युतीय गाडीको पहुँच पाउन सक्नेछन् ।

अप्रिलमा होण्डा र जिएमले सस्तो किसिमको विद्युतीय गाडीहर बनाउने योजना रहेको खुलाएको थियो ।