कीवर्डहरू -

माओवादी केन्द्रको वेबसाइट उद्घाटन, अब पार्टीका सबै विवरण वेबसाइटमा उपलब्ध हुने

माओवादी केन्द्रको वेबसाइट उद्घाटन, अब पार्टीका सबै विवरण वेबसाइटमा उपलब्ध हुने

नेकपा माओवादी केन्द्रको वेबसाइट उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट वेबसाइट उद्घाटन गरेका हुन् ।

वैशाख १ गतेदेखि पार्टीको वेवसाइट नियमित सञ्चालनमा आउने छ । पार्टीका सबै निर्णयहरु, दस्तावेज, पार्टी विभाजन, जनवर्गीय गठन, पार्टी कमिटी लगायतका पार्टीका सबै विवरण वेबसाइटमा उपलब्ध हुनेछन् ।

तत्कालिन नेकपा विभाजन भएपछि माओवादी केन्द्रले पार्टीको आधिकारिक वेवसाइट बनाएको थिएन् ।