कीवर्डहरू -

भारतमा आइफोन १३ को निर्माण सुरु

भारतमा आइफोन १३ को निर्माण सुरु

एप्पलले भारतमा आइफोन १३ को निर्माण सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३ को परीक्षण उत्पादन गरिरहेको छ । यो कार्य चेनई नजिकको फक्सकन प्लान्टबाट सुचारु भईरहेको हो ।

भारतले चीनसँग व्यवसायिक तनाव कम गर्नका लागि विविध किसिमको एप्पल प्रडक्टहरू निर्माण गरिरहेको छ । एप्पलले यसका लागि एकदमै अभावमा रहेको सेमिकण्डक्टर चिप पनि पाइसकेको छ, जसले गर्दा भारतमा तिव्र गतिले निर्माण सुरु भएको कम्पनीले जनाएको छ ।

भारतमा निर्माण गर्न सुरु गरेसँगै विश्वव्यापी रुपमै सप्लाईमा वृद्धि हुने कम्पनीको विश्वास रहेको छ । एप्पलले भियतनाममा पनि एयरपड र म्याबुकको निर्माण गर्न प्लान्ट स्थापना गर्ने भएको छ ।