कीवर्डहरू -

डिजिटाइजेसनमा नगई सरकारले काम देखाउन सक्दैनः मेयर सरावगी

डिजिटाइजेसनमा नगई सरकारले काम देखाउन सक्दैनः मेयर सरावगी

डिजिटाइजेसनमा नगई सरकारले आफ्नो पर्फमेन्स (कार्यप्रगति) देखाउन नसक्ने वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताएका छन् ।

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय तेस्रो डिजिटल मधेस सम्वाद ३.० मा बोल्दै मेयर सरावगीले त्यस्तो बताएका हुन् ।

प्रदेश, स्थानीय तह तथा वडा सम्पूणर् निकायहरुले डिजिटाइजेसनमा गएर डेटा सिस्टम सिंक्रोनाइज गर्न आवश्यक रहेको उनको बताए ।

‘जे काम गर्न पनि अहिले त डेटा चाहिन्छ, तर हामीसँग डेटा नै छैन । डेटा नभएसम्म हामीले योजना पनि बनाउन सक्दैनौं । यसैले हामीले गर्न चाहेका काम पनि गर्न सकिरहेका छैनौं ।’ मेयर सरावगीले भने ।

सूचना प्रविधिको प्रयोग नगरे सरकार पछाडी पर्ने बताउँदै, आफूहरुले करारमै भए पनि प्रविधिमा सक्षम कर्मचारीहरुलाई राखेको मेयर सरावगीले बताए ।

प्रविधिको प्रयोग गर्दा छोटो समयमै प्रतिफल मिल्ने भन्दै उनले वीरगन्ज महानगरपालिकाको  ३२ वार्ड १५ दिनमा डिजिटाइज गरिसक्ने बताए ।

उनले कुनै पनि नगरबासी पालिकाको कार्यलय आउन नपर्ने भन्दै सबैका लागि सेवा घरभित्रै आउने बताए ।