कीवर्डहरू -

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त हुनुभएको छ । नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका थिए ।

दास यसभन्दा अगाडि नेपालको चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा आबद्ध थिए । उनी कोकालामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर,टे्रड मार्केटिङ हेड लगायतको भूमिकामा थिए ।

फोनपेमा उनले विजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवर्द्धनको कार्य सम्हाल्ने छन् । उनको आगमनसँगै कम्पनीले थप सफलता हाँसिल गर्ने अपेक्षा गएिको छ ।

डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् ।

बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन्  ।