कीवर्डहरू -

हाम्रो पात्रो मा नयाँ नयाँ सुविधाहरु आउदै

हाम्रो पात्रो मा नयाँ नयाँ सुविधाहरु आउदै

काठमाडौँ । नेपालकाे सर्वाधिक डाउनलाेड भएकाे माेबायल एप्स हाम्रो पात्राै अब नयाँ स्वरुपमा अाउने भएकाे छ। पात्राे , समाचार, रेडियो, हाम्रो अडियाे , बैदेशिक मुद्रा विनीमय दर, राशिफल , इ कार्ड , सुनचाँदी बजार ,तरकारी बजार, मिती परिवर्तन, ब्लग, साहित्य , कुण्डली लगायत धेरै सुविधा यस एप्समा छन। हाम्रो पात्राे ५० लाखभन्दा धेरै नेपाली प्रयोगकर्ताका मनमनमा बस्न सफल भएकाे छ। हाम्रो पात्रोले गर्दा नेपाल नियाल्ने अनि नेपाली सभ्यता र संस्कारको ढुकढुकि महसुस गर्ने एउटा साझा ठाउँ भएको छ । हाम्रो पात्राेले निकट भविष्यमै आफ्नो स्वरुपमा परिवर्तन गरेर नयाँ सुविधाहरु प्रदान गर्ने भएको छ । एप्सको भित्रि पात्रोहरुको रंङ केहि नयाँ र काम लाग्ने फिचरहरु अाउने जानकारी छ।हाम्रो पात्राेमा अब अाउने फिचरहरुमा हरेक दिनको कामको नोट राख्न सकिने फिचर पनि रहेको छ । याे सुविधा हुँदा प्रत्यक दिन आफूले गर्ने भनिएको काम र तालिकालाई हाम्रो पात्रोमा राख्न सकिने छ। यसले गर्दा आफूलाई व्यस्तताका बिच थप सहज र उत्पादक बनाउने कार्यमा हाम्रो पात्रोले प्रयोगकर्ताहरुलाई सहयोग गर्ने निश्चित छ । हाम्रो पात्राेले हाम्रो नेपाली किबोर्ड , हाम्रो नेपाली डिक्सनेरी , हाम्रो लुडाे , हाम्रो कार्डस लगायतका विभिन्न एपहरु पनि बजारमा उपलब्ध गराइसकेको छ।