नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यास ब्याक योजना सार्वजनिक गरेको छ ।
नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।
विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवा उद्यमीहरुको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जनाएको छ ।
सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर कारोबारमा ५% वा अधिकतम प्रति कारोबार रु.२०० र प्रतिदिन प्रति मर्चेन्ट अधिकतम रु. ५०० सम्म क्यास ब्याक प्रदान गरिने छ । यो योजना २०७९ वैशाख १ गतेदेखि लागु हुनेछ ।