कीवर्डहरू -

कनेक्ट आईपीएसमा अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गर्नेलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर

कनेक्ट आईपीएसमा अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गर्नेलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर

कनेक्ट आईपीएसले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कनेक्ट आईपीएसले ‘न्यु एयर, न्यु युजर’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत कनेक्ट आईपीएसमा नयाँ अकाउन्ट बनाएर बैंक खाता लिंक र भेरिफाई गराउँदा १०० रूपैयाँ आफ्नो बैंक खातामा पाउने छन् ।

त्यस्तै नयाँ अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गराउने ११ जनाले माउन्ट फ्लाइटको कपल टिकट जित्ने मौका पाउने छन् । यो योजना आगामी वैशाख ३२ गतेसम्म लागु हुनेछ ।

यो अफर कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरेर भरिफाई गराउनेमा मात्र मान्य हुनेछ । बैंक खाता भेरिफाई अनाइनबाट आफै गर्न सकिन्छ । अफरको पुरस्कार यस अफरको अन्त्यमा प्रदान गरिनेछ ।

यो पनि पढ्नुहोस्ः कनेक्ट आईपीएसमा यसरी बनाउनुहोस् अकाउन्ट