कीवर्डहरू -

अनलाइनबाट यति एयरलाइन्सको टिकट बुकिङ गर्दा १ लाख सम्मको बीमा सुविधा

अनलाइनबाट यति एयरलाइन्सको टिकट बुकिङ गर्दा १ लाख सम्मको बीमा सुविधा

नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा यति एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यति एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गरी ‘यति एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको छ ।

यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको हो । यो अफर यतिको मोबाइल एप र वेबसाइट मार्फत टिकट खरिद गर्ने यात्रुहरूका लागि उपलब्ध हुनेछ। यो समझदारी अन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिको लागि १ लाख सम्म बीमा रकम पाउनेछन् ।

३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुनेछ ।यात्रुले बीमा अवधिमा दुर्घटना भएमा रु १०,००० सम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा शतप्रतिशत बीमा रकम पाउनेछन् ।

जति पटक यात्रा गर्‍यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न पाइने छ, तर ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा गरेको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मिति मान्य हुनेछ र सोही मितिदेखि ३० दिनसम्मको बिमा हुनेछ ।

अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ । यो अफर ३ महिनाको लागि मान्य छ र नेपाली नागरिकका लागि मात्र लागू हुनेछ।