कीवर्डहरू -

सरकारले राष्ट्रिय आइसिटी अवार्ड वितरण गर्दै, यस्तो छ आवेदन दिने तरिका

सरकारले राष्ट्रिय आइसिटी अवार्ड वितरण गर्दै, यस्तो छ आवेदन दिने तरिका

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि पुरस्कार वितरण गर्ने भएको छ ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संघ संस्थाहरुलाई विभिन्न ५ विधामा सरकारले राष्ट्रिय आइसिटी अवार्ड वितरण गर्ने भएको हो ।

यस वर्ष पाँच विधा नेसनल आइसिटी एक्सिलेन्स अवार्ड, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) र नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) मा राष्ट्रिय आइसिटी अवार्ड प्रदान गरिने छ ।

माथिका यी अवार्डमा इच्छुकले आवेदन पेश गर्न सक्नेछन् । आवेदकले भर्नुपर्ने फारामको ढाँचा मन्त्रालयको वेबसाइट र सूचना प्रविधि विभागको वेबसाइट मा उपलब्ध रहेको छ ।

आवेदन आगामी वैशाख ८ गतेभित्र इमेल [email protected] वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने छ ।