कीवर्डहरू -

अब २४ सै घण्टा ग्राहकले फोन गरेर माछापुच्छ्रे बैंकमा आफ्नो समस्या राख्न सक्ने

अब २४ सै घण्टा ग्राहकले फोन गरेर माछापुच्छ्रे बैंकमा आफ्नो समस्या राख्न सक्ने

माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परि ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याएको छ ।

बै‌ंकले ग्राहकवर्गलाई मध्यनजर गर्दै यसअघि सिमित अवधिका लागि संचालन गरिरहेको सेवा हरेक दिन २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो ।

ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत सुविधा दिँदै आइरहेको छ ।

ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।