कीवर्डहरू -

आफ्नो बार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो अफरै अफर

आफ्नो बार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले  ल्यायो अफरै अफर

काठमाडौँ सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले आफ्नो १५ औ बार्षिक उत्सव मनाएको छ १५ औ बार्षिक उत्सवका अवसरमा नेपाल टेलिकमले विभिन्न प्याकेज र सेवामा छुट गरेकाे छ। टेलिकमकाे बार्षिक उत्सवमा २०७४ असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणले २०७६ असार मसान्तसम्म बक्यौता बुझाएमा जरिवाना छुट गर्ने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिएका छन । प्याकेज र सेवामा छुट अन्तर्गत माघ गते २२ देखि फागुन २२ गते सम्म एनटी मोवाइल एप डाउनलोड र रजिष्ट्रेशनमा गरि निशुल्क १०० एमबी डाटा पाउने भएका छन। पोस्टपेडका ग्राहकले ९०० रिचार्जको प्याकेजमा प्रतिमहिना ३.३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स पाउने छन। माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ पोस्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र १०० मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा गरेको छ । टेलिकमले अाफ्नाे बार्षिक उत्सवमा टुरिस्ट प्याकेजमा पनि छुटकाे व्यवस्था गरेकाे छ। टुरिस्ट प्याकेजमा ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल, ५० वटा एसएमएस र १०० को अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने टेलिकमले जनाएको छ । भने १००० मा १० जीबी डाटा, नेपाल टेलिकमको नेटवर्कमा १०० मिनेट भ्वाइस कल १०० वटा एसएमसए र २०० को अन्तर्राष्ट्रिय कल गर्न सकिने व्यवस्था गरेको छ । माघ २२ गते देखि ९० दिनसम्मका लागी दैनिक, साप्ताहिक, तथा मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० मा १६५ मिनेट भ्वाइस कल दिने टेलिकमले जानकारी दिएकाे छ ।नेपाल टेलिकमले नेत्रहिन नागरिकहरुलाई  सिडिएम र जिएमएस सेवामा पनि भारी छुटको व्यवस्था गरेको छ ।नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अन्तर्राष्ट्रिय रोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ सफ्ट लन्च भएको छ ।