अकस्मात स्ट्रोक शल्यक्रियाका लागि एमआईटीका इन्जिनियरहरुले रोबोट निर्माण गरेका छन् । रोबोटले शल्यक्रिया गर्न लागेको कुरा खासै नौलो भने होइन तर स्ट्रोक विरामीलाई केन्द्रित गरी शल्यक्रियाका लागि निर्माण गरिएको यो पहिलो रोबोट हो ।
वैज्ञानिकहरूले रोबोटिक आर्म बनाएका छन्, जसलाई चिकित्सकहरुले जोईस्टीक प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ । आर्मको हत्केलामा चुम्बक रहेको छ। यसले गर्दा डाक्टरले विरामीको दिमागबाट सजिलै ब्लड कलट हटाउन सक्छन् ।
यस प्रक्रियाका लागि विरामी अर्कै कोठामा भएता पनि उपचार गर्नलाई सम्भव हुनेछ । स्ट्रोक शल्यक्रिया एकदमै जटिल हुने हुँदा यस रोबोटिक आर्मले उपचारलाई अलि सहज बनाउने छ ।