कीवर्डहरू -

आईएमईको नयाँ वर्ष योजनाः आईएमई पेमा रकम प्राप्त गर्दा २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने मौका

आईएमईको नयाँ वर्ष योजनाः आईएमई पेमा रकम प्राप्त गर्दा २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने मौका

आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ वैशाख  देखि ३१ वैशाखसम्म लागु हुनेछ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमई बीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताए ।

एक महिनासम्म चल्ने यो योजनामा विदेशबाट आइमईमार्फत पठाइएको रकम नेपालभरका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा विजेता बनिने छ ।

यस्तै, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहनेगरी यो योजना अवधिभर जम्मा ६० जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति २ हजार ७९ रुपैयाँ र बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९०० रुपैयाँ जित्नेछन् ।