कीवर्डहरू -

सामसङले जित्यो एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ अवार्ड

सामसङले जित्यो एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ अवार्ड

सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडल सहित ७१ वटा अवार्ड जित्न सफल भएको छ ।

जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिटिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्सले टेलिभिजन, स्मार्टफोन र अन्य घरेलु उपकरण लगायतमा ७१ अवार्ड हात पार्न सफल भएको हो ।

जर्मन अन्तर्राष्ट्रिय डिजाइन  प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आइएफ) मा सामसङले विभिन्न नौ वटा विधामा उक्त अवार्ड हात पारेको हो ।

त्यसमध्ये प्रोटेबल स्क्रिन द फ्रीस्टाइल, मोबाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो । प्रतियोगितामा सामसङका ५५ देशका ११ हजार सबमिसन मध्येबाट ती अवार्ड हात पारेको छ ।

डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, व्यवसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरूमा भिन्नता र प्रभावको ब्यापक मूल्याङकन थिए ।

सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरूलाई नवीन प्रविधिहरूसँग जोड्नु महत्वपूर्ण भएको बताए ।